२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशैभर कांग्रेसको विरोधसभा

कास्कीको पोखरामा सोमबार कांग्रेसले निकालेको विरोध जुलुस । तस्बिरः उमेश पुन÷नागरिक

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो ।  

सोमबार कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने तालिका अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरेको कांग्रेसका कास्की प्रवक्ता नवीन सिग्देलले बताए ।  

‘पोखरामा सोमबार कांग्रेसका १३ वटा भातृ संस्थाले संयुक्त रुपमा विरोध प्रदर्शन गरिरहेका छन,’ उनले भने, ‘संसद विघटनको विरोधमा कांग्रेसले गरिरहेको विरोध स्वरुप यो कार्यक्रम आयोजना गरिएको हो ।’

पोखरामा भएको विरोधसभामा कांग्रेसका जिल्लास्तरका नेताहरुले सम्बोधन गरिरहेका छन । पोखरा चिप्लेढुंगाबाट सुरु भएको विरोध सभा विपीको शालिक परिक्रमा गरि महेन्द्रपुलमा पुगेर विरोध प्रदर्शन गरेको उनले बताए ।  

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित: १९ माघ २०७७ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App