२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओली धन्धुकारी र भष्मासुर बनेर लोकतन्त्र मास्न निस्किए : झलनाथ खनाल

फाइल तस्वीर

नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली लोकतन्त्र मास्न भष्मासुर र धन्धुकारी बनेर निस्केको बताएका छन्  ।  बिहीबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले जनताको वलिदानबाट लोकतन्त्रस्थापना भए पनि त्यसलाई मास्न इतिहाँसका विभिन्न कालखण्डमा धन्धुकारी र भष्मासुरहरू लाग्ने गरेको बताए ।

उनले पहिले राजा महेन्द्र, राजा ज्ञानेन्द्र लोकतन्त्र मास्न लागेको र अहिले आएर ओली भष्मासुर र धन्धुकारी बनेर लागेको दाबी गरे । ‘इतिहासको कालखण्डमा लोकतन्त्र मास्न भष्मासुर र धन्धुकारीहरू आउने गरेका छन् । पहिले राजा महेन्द्र र ज्ञानेन्द्र आए । अहिले ओली आएका छन्’, उनले भने । उनले वेला बखत देखा पर्ने धन्धुकारी र भष्मासुरले नेपाली जनातले स्थापना गरेको लोकतन्त्र मास्न नसक्ने स्पष्ट पारे । खनालले लोकतत्र जोखाउन जनता सडकमा आइसकेको बताए । उनले भने, ‘लोकतन्त्र जोगाउन जनता सडकमा आइसकेका छन् ।’  

खनालले संविधान जोगाउन संसदको पुनस्थापना अनिवार्य भएको बताए । नेकपा आफूहरूसंगै रहेकाले अहिलेसम्म दाबी नगरेपनि आवश्यकता परे दाबी गर्ने खनालले बताए । उनले  तत्काल पार्टी एकताको कुनै संभावना नरहेको स्पष्ट पारे।  

प्रकाशित: १५ माघ २०७७ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App