४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीश विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश विरुद्धको अदालतको अवहेलना निवेदनमा आजलाई पेसी तोकिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासमा सुनुवाइको पेसी तोकिएको हो।  

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको संवैधानिक इजलासमा रहेको मुद्दामा विभिन्न अभिव्यक्ति दिएको, कानुन व्यवसायीलाई होच्याएको भन्दै अवहेलना मुद्दा दायर भएको थियो भने ४ जना पूर्वप्रधानन्यायाधीशले विचाराधिन मुद्दामा विज्ञप्ति जारी गरेको भन्दै मुद्दा दायर भएको हो। यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध समेत अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ।

ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए।

अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध अवहेलना निवेदन दर्ता गराएका थिए। यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए। सबै निवेदनको सुनुवाइका लागि सोही इजलासमा पेशी रहेको छ।

 

 

 

 

प्रकाशित: १५ माघ २०७७ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App