१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वामदेव गौतमको अवधारणापत्र : संयुक्त सरकारसम्मको कुरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको अवधारणा पत्र प्रस्तुत गरेका छन्। वुधबार पत्रकार सम्मेलन गरेर गौतमले पार्टी पुन:एकीकरणको योजना पेश गरेका छन्। उनले पुन:एकीकरणको योजना दुई चरणको हुने बताएका छन्।

पहिलो चरण सर्वोच्च अदालतको निर्णय नआउँदासम्मको र दोस्रो चरण, सर्वोच्च अदालतको निर्णय आएपछिको रहेको छ। यी दुबै चरणमा एकीकरणका विभिन्न विकल्पहरुमा छलफल गरिने गौतमले बताए।  

यो बीचमा सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिनेसमेत उनले बताए। प्रतिनिधिसभा पुन:स्थापना भएमा वा निर्वाचन भएमा दुबै अवस्थामा भिन्न–भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिने गौतमको योजना छ।  

यसलाई व्यवस्थित गर्न बराबर संख्याका समन्वय समितिहरु विभिन्न तहमा निर्माण गरिने,प्रतिनिधिसभा पुन:स्थापना पछि पनि पार्टी एकीकरण हुन नसकेमा पार्टी एकता अभियान निर्वाचन काल र त्यसपछि पनि निरन्तर जारी रहने उनले बताए। फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक प्रयत्न गरिने गौतमको भनाई छ।  

 

 

प्रकाशित: १४ माघ २०७७ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App