७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीसहित पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले अवहेलना मुद्दा दर्ता गराएका हुन्। उनीहरूले छुट्टाछुट्टै मुद्दा दर्ता गराएका हुन्।

निवेदनमा प्रधानमन्त्री ओलीले कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ।  

प्रधानमन्त्री ओलीले गत शुक्रबार विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरेका कानुन व्यवसायीमाथि व्यंग्य गरेका थिए। उनले ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लिएर ‘एक जना बाजे वकिललाई पनि लिएर गएछछन्, त्यहाँ तमासा देखाउन। किन दुःख दिएको हो, बूढा मान्छेलाई?’ भन्ने अभिव्यक्ति दिएका थिए।

तर, सोमबार ओलीले दाङमा भएको सभालाई सम्बोधन गर्दै आफूले वकिलको मानमर्दन गर्न नखोजेको बताएका थिए।  

यस्तै, पूर्व प्रधानन्यायाधीशहरु पनि सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ। पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीले प्रतिनिधिसभा विघटनका सम्बन्धमा विज्ञप्ति जारी गरेका थिए। उनीहरुले असंवैधानिक तवरबाट सरकारले संसद् विघटन गरेको बताएका थिए।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ। सोही मुद्दामा सर्वोच्चमा निरन्तर सुनुवाई भइरहेको छ।

 

प्रकाशित: १३ माघ २०७७ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App