१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्री ज्ञवालीद्वारा उद्घाटन

फाइल तस्वीर

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ। भर्चुअल माध्यमबाट गरिएको महाधिवेशनलाई परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उद्घाटन गरेका छन्। 

उद्घाटनका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसले निम्त्याएको संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताए। उनले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेका बताए।

अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउन सुझाव दिए।

आइतबारसम्म चल्ने विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।

प्रकाशित: १० माघ २०७७ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App