२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग संसद विघटन बाहेक अरु विकल्प थिएन : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै पदीय आकांक्षाबाट सिर्जना भएको राजनीतिको कालो बादल चुनावपछि हटेर जाने बताएका छन्।  

मंगलबार लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण भएको शिवगंगा आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीसँग अरु कुनै विकल्प नभएर संसद विघटन गर्नुपरेको दाबी गरे। ‘चुनावका बेलामा एउटाको अनुहार देखाएर चुनाव जित्ने र अर्को प्रधानमन्त्री हुन खोज्ने प्रवृत्तिले गर्दा यस्तो अवस्था आएको हो’, मुख्यमन्त्री पोखरेलले प्रचण्डप्रति इंकित गर्दै भने, ‘अब चुनाव भयो भने यस्तो यस्ता राजनीतिक वादविवाद हराउँछन्।’  

उनले चुनावपछि राजनीतिमा लागेको कालोबादल हट्ने र मुलुक सुशासनको बाटोतर्फ जाने दाबी पनि गरे। साथै चुनावको ताजा जनादेशले सबैको वास्तविकता उजागर गर्ने उल्लेख गरे।

उनले चुनावपछि मात्र राजनीतिक सुशासन र संस्कृतिको विकास हुने बताए। मुख्यमन्त्री पोखरेलले संविधानले सबै अधिकार प्रत्याभूत गरेको ती अधिकार प्राप्तिका लागि मुलुक धनि हुनु पर्ने बताए। मुख्यमन्त्रीले जनताको अधिकार सुरक्षित भइसकेको र अब मुलुक धनि र समृद्ध बनाउने तर्फ काम गर्नुपर्ने उनले बताए।  

 

 

प्रकाशित: २८ पुस २०७७ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App