२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जुम्लाका तीनजना सांसद माधव-प्रचण्ड समूहमा

जुम्लाका प्रतिनिधिसभाका सांसद एक र कर्णाली प्रदेश सभाका दुई सांसद माधव-प्रचण्ड समूहमा छन्। ओली समूहमा सांसद छैनन्। प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा सदस्य हुन्। उनी तत्कालिन माओवादी केन्द्रको कोटाबाट चुनाव लडेका थिए।  

जुम्लाकै प्रदेश क्षेत्र (क) का सांसद नरेश भण्डारी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। उनले तत्कालिन नेकपा माओवादी केन्द्रको कोटाबाट चुनाव जितेका थिए। तर माओवादी केन्द्रको बादल समूहका सांसदमा गनिदै आएका थिए। तर पछिल्लो समयमा प्रधानमन्त्रीद्वारा संसद विघटन भएसंगै उनले बादललाई छाडेर माधव-प्रचण्ड समूहको नेकपामा आएका छन्। उनले व्यक्तिगत स्वार्थका लागि भन्दा पनि सामूहिक स्वार्थका हिसावले यो समूहमा लागेको प्रतिक्रिया दिए। विचारगत हिसावले पनि प्रतिगामी कदमको पक्षमा उभिन नसकिने अवस्था रह्यो, मन्त्री भण्डारीले भने,‘प्रचण्ड-माधव समूह नै नेपालको भविष्य हो। ओली समूहबाट मन्त्री भण्डारीलाई प्रदेशको मुख्यमन्त्री बनाउने देखि प्रदेश सांसदबाट राजीनामा गराएर केन्द्रको मन्त्री बनाउने सम्मको आश्वास आएको थियो। यो संगै स्थायी समितिमा पनि लैजाने अफर आएको थियो। तर उनले ओली समूहमा गएनन्।  

जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदम रोकायाले एक महिना अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्री ओलीको प्यानलबाट अघि बढेका थिए। तर उनी अहिलेमाधव-प्रचण्ड समूहमा छन्। उनले आफू माधव-प्रचण्ड समूहमा रहेको जानकारी गराइसकेका छन्। यो संगै जुम्लामा ओली निकटको सांसद छैनन्। जुम्लामा प्रदेश सभाका लागि दुई क्षेत्र निर्धारण गरिएकोमा प्रतिनिधिसभाको लागि एक निर्वाचन क्षेत्र हो।

तीनवटै सांसद एउटै समूहमा देखिएपछि जुम्लामा माधव-प्रचण्ड समूह बलियो देखिएको छ। यहाँ नेकपाका जिल्ला अध्यक्ष र सचिव पनि माधव-प्रचण्ड समुहकै हुन्।

प्रकाशित: २८ पुस २०७७ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App