संसद् विघटन विरूद्ध देशभरका प्रादेशिक निर्वाचन क्षेत्रहरुमा आन्दोलन घोषणा गरेको काङ्ग्रेसले दोलखामा सिठ्ठी जुलुस सहित प्रदर्शन गरेको छ। प्रदेशिक क्षेत्र नं २ ले जिल्ला सदरमुकाम चरिकोटमा सिठ्ठी जुलुससहित प्रदर्शन गरेको हो।
जिल्ला पार्टी कार्यालयबाट निस्किएको जुलुसले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। सातदोबाटो चोकमा आयोजित कोणसभालाई पार्टीका पूर्व जिल्ला सभापति ताराबहादुर कोइराला, जिल्ला नेताहरु ईश्वर मानन्धर, केशवराज चौलागाई, गिता शिवाकोटी, जयराम श्रेष्ठ, भोजराज चौलागाई लगायतले सम्बोधन गरेका थिए।
उता प्रादेशिक क्षेत्र नं १ को मैनापोखरीमा समेत प्रदर्शन भएको छ। त्यहाँ आयोजित कोणसभालाई पार्टी जिल्ला सभापति रुद्र बहादुर खड्का लगायतले सम्बोधन गरेका थिए।
प्रकाशित: २५ पुस २०७७ ०६:५० शनिबार





