१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड– नेपाल पक्षको हिमाली जिल्ला डोल्पामा प्रर्दशन

तस्बिर : नागरिक

प्रधानमन्त्रीले संघिय संसद विघटन गरेको बिरोधमा प्रचण्ड नेपाल पक्षका कार्याकर्ताले डोल्पा सदरमुकाम दुनैमा बिरुद्ध प्रर्दशन गरेका छन । ओलीले जनताको जनमतको अपमान गरे संविधान माथि कु गरे नेकपा फुटेको छैन जनतामाथि खेलवाड गरिदैछ हामी कुनैपनि हालतमा असंबैधानिक कदम चाल्नेलाइ छोड्ने छैनौ भन्दै चर्को नारा लगाउदै विरोध प्रदर्शन गरेका हुन ।  

लिपुलेक लिम्पीया धुरामा भारतिय सेना हटाउ संसद पुनस्थापना गर केपी ओली मुर्दाबाद जस्ता नारा टाउकोमा बोकेर डोल्पाका ग्रामीणबस्तीहरुबाट कार्यकर्ताहरु बिरोधमा सहभागिता जनाउन आएका थिए । जनताको जनमतको कदर नगर्ने र भ्रष्टहरुको साथमा असंबैधानिक कदम उठाउने प्रधानमन्त्री ओली र राष्टपतिलाइ जनताले माफी नदिने यदि यसैगरि जतताको जनमत र गणतन्त्रको अबहेलना गरे खिया लागेका हतियार बमले जनताले बर्षाउने नेकपा प्रचण्ड नेपाल पक्षका माल पार्टी सचिव मालबहादुर रोकायाले चेतावनी दिए ।

प्रधानमन्त्री ओली राष्टघाति भएको भन्दै नेकपा डोल्पाका सचिव मालबहादुर रोकायाले एमाले माओबादि भन्ने गलत प्रचार नगरौ नेकपा नै छ र रहन्छ हामी जनताको साथमा छौ गलत कदमको बिरुद्ध सड्कमा आएका हौ भन्दै जनतालाइ साथ दिन आग्रह गरे ।नेकपाकै प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरुले कालो ब्यानर सहित बिभिन्न नारा सहित बिरोध गर्दै दुनै बजार परिक्रमा गरेका छन ।

 प्रधानमन्त्रीको कदम गलत छ तत्काल सच्याउन माग गर्दै केटाकेटीको खेल र माया प्रेममा हुने नाटक नगर्न प्रधानमन्त्री र राष्टपतिलाइ चेतावनी दिए ।पौष ६ गते पहिलो पटक आन्दोलन गरेको प्रचण्ड नेपाल पक्षका कार्यकर्ताले पुन मँगलबार आन्दोलन गरेका हुन ।ओली पक्ष भएर बस्नेहरु भोली पछुताउनु पर्ने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुले कित्ता किलियर गरेर सड्कमा आइ जनताको जनमत जोगाउन पर्ने नेकपाका जिल्लास्तरीय नेता मोतिराम गौतमले आग्रह गरे ।

प्रकाशित: १४ पुस २०७७ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App