coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेः नेता भट्टराई

 पुर्व मन्त्री एवम् नेकपाका नेता योगेश भट्टराईले चुनाव चिन्ह सुर्य  नेकपाकै हुने दाबी गरेका छन ।  

नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्न आएका भट्टराईले वैधानिक रुपमा सुर्यमा आफनो समुहको हुने दाबी गरे । प्रशिक्षण कार्यक्रममा भट्टराईले संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेको भन्दै प्रचण्ड–नेपाल समूहले नै सुर्य चिन्ह पाउने भनाई राखे ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डका कारण पार्टी कमजोर भएको उनले आरोप लगाएका छन ।  

प्रधानमन्त्रीको पछिल्लो कदम देशका लागि दुभाग्यपुर्ण समेत भएको नेता भट्टराईको भनाई छ । संसद विघटन मुलुक र नेकपा पार्टीको लागि दुर्भाग्यपूर्ण भएको भन्दै त्ससको बिरोधको लागि सडकमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।  

प्रशिक्षणका क्रममा उनले पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप समेत लगाएका छन । पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुककै लागि अहितपूर्ण काम गरेको भट्टराईको भनाई थियो ।  

उनले भने, ‘न अहिले पूर्व माओवादी छ, न त नेकपा एमाले छ । छ त केवल नेकपामात्र छ । केपी ओलीको कदमलाई इतिहासले मुल्याकन गर्नेछ । जुन चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियौं त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासे ।’

कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा संविधान सभा सदस्य दलबहादुर सुनारले संसद पुनस्थापनाका लागि आन्दोलन गर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश सांसद आइपी खरेलले असंवैधानिक कदम फिर्ता हुनु पर्ने धारणा राखे । प्रशिक्षण कार्यक्रममा नेकपा नेता अशोक कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा ओली पक्षका नेता तथा कार्यकर्ताको भने  सहभागिता रहेको थिएन ।  

 

प्रकाशित: १३ पुस २०७७ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App