२० जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस महासमितिको बन्द सत्रमा पौडेलले प्रतिवेदन पेस गरे

बालकृष्ण अधिकारी,त्रिवेणी, चैत २७ - नेपाली कांग्रेसको महासमिति बैठकको बन्द सत्र सुरु भएको छ । सत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र विधान संशोधनका चार वटा प्रस्तावहरु पेस गरिएका छन् । बन्द सत्रमा अहिले उपसभापति रामचन्द्र पौडेलले राजनीतिक, आर्थिक सामाजिक कार्यदिशा सहितको राजनीतिक प्रस्ताव पेस गरिरहेका छन् ।  उनले प्रस्ताव पेस गरेपछि सहभागी माझ छलफल चलाइने छ । यसैगरी महामन्त्री प्रकाशमान सिंहले सांगठनिक, अर्का महामन्त्री कृष्ण सिटौलालले विधान संशोधन प्रस्ताव तथा कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन बन्द सत्रमा पेस गरिसकेका छन् ।

'संविधानसभाको अन्तिम समय तिर संसदले चुन्ने कार्यकारी प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचनबाट आउने आलंकारिक राष्ट्रपति सहितको मिश्रति प्रणाली बारे चर्चा उठाईको थियो तर कुनै विषयमा अन्तिम निर्णय भएको थिएन,' पौडेलको प्रतिवेदन भनिएको छ ।

 

राससका अनुसार बिहान ११ बजे सुरु भएको बन्द सत्रमा महामन्त्री प्रकाशमान सिंहले आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदनमा एमाओवादीको सर्वसत्तावादी एवम् अलोकतान्त्रिक सोच र शैलीका कारण संविधान निर्माणमा सहमति बन्न नसकेको उल्लेख छ।

संविधानसभा, व्यवस्थापिका संसद, राजनीतिक सहमति र संवैधानिक प्रक्रियालाई छलेर एमाओवादी नेतृत्वको सरकारले एकलौटि र कपटपूर्ण शैलीमा गेरेको निर्वाचनको घोषणाले संविधान निर्माण नहुँदै संविधानसभाको विघटन भएको जनाइएको छ।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री सिंहले आसन्न संविधानसभाको चुनावमा नयाँ संविधान निर्माणका लागि काँग्रेसले बहुमत ल्याउनुपर्ने बताए। पार्टीभित्रको एकतालाई बलियो बनाउँदै जनस्तरको सङ्गठन र मतदान केन्द्रसम्म पार्टीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

 

आठ पेजको प्रतिवेदनमा संविधानसभा विघटनका मूल कारण, राजनीतिक दलहरुसँग वार्ता, शान्ति प्रक्रिया, सहमतिको सरकार, आसन्न चुनाव, पार्टीको आन्तरिक सङ्गठन, भ्रातृसङ्गठनलगायका विषय प्रतिवेदनमा समेटिएको छ।

 

निर्धारित समयभन्दा झन्डै दुई घन्टा ढिला सुरु भएको बैठकमा एक हजार ३३८ प्रतिनिधि र पर्यवेक्षकसहित करिब एक हजार ५०० सहभागी रहेका छन्। महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका तर्फबाट प्रतिवेदन प्रस्तुत भएको हो।

 

महामन्त्रीको प्रतिवेदनपछि प्रतिनिधिमाझ कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन प्रस्तुत भएको छ। त्यसलगत्तै महामन्त्री सिटौलाले विधान संधोशन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो।

 

 

प्रकाशित: २७ चैत्र २०६९ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App