१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सम्बोधन : सरकारलाई असहयोग गरेपछि जनतामा जानुको विकल्प थिएन

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि जनतासमक्ष जानुपर्ला भन्ने अनुमान विपरित यो कदम चाल्नु परेको बताएका छन्।

देशवासीका नाममा सम्वोधन गर्दै ओलीले जनादेश र जनभावना विपरित अन्यहिन र अर्थहिन विवादमा अल्झाएपछि यो कदम चालेको बताए।  'जननिर्वाचित सरकारलाई असहयोग गरेपछि जनतासामु जानुको विकल्प थिएन', उनले भने।

विगतमा पनि आफुलाई चुनावपछि वार्गेनिङ गर्ने सरकार बनाउन नदिने काम भएको उनले बताए। सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर एक नेताले अस्थिरता छरेको भन्दै प्रचण्डलाई इंगित गरे भने आफू देशमा नभएको बेला देश डुव्न लागेको भन्दै माझि माधव नेपालले माझी बोलाएको प्रसंग उनले सम्वोधनमा जोडे। नेकपालाई केही नेताले आत्मकुण्ठित सोचमा अल्झाएको उनको भनाई थियो। 'दुई अध्यक्षबीच एक जनाले सरकार र अर्कोले पार्टी संचालनमा जाने निर्णय भए बमोजिम म सरकार संचालनमा पूर्णरुपमा समर्पित भए', उनले भने, ' पार्टीको महाधिवेशन र जनताका पक्षमा अर्का अध्यक्षले कति केन्द्रित गर्नु भयो भन्ने तथ्यहरु आफै बोल्छन्।'  

 

प्रकाशित: ६ पुस २०७७ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App