१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र होइन साझेदार : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीको अहंकारले आजको अवस्था आएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आयोजित विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्रीले लोकतन्त्रको तालाचाबी नै फोडेको बताए। केपी ओली प्रधानमन्त्री हुँदा कोही पनि चैनले सुत्न नपाएको बताए। केपी ओलीले जस्तो अनुकुल समय कसैले नपाए पनि उनले त्यसको दूरुपयोग गरेको बताए।

'तीन वर्ष काम नगरी खेर गयो अहिले उहाँले संसद विघटन गर्नु भयो', थापाले भने, 'स्वास्थ्यको अवस्था जटिल भएको छ। कोरोनाको खोप पाउने सपना मात्रै छ। सबैलाई एक ठाउँ ल्याएर अघि बढ्नु पर्ने बेला प्रधानमन्त्रीले यस्तो कार्य गर्नु भयो।'

नेकपा भित्रको झगडा र प्रधानमन्त्रीको अहंकारले गर्दा सिंगो व्यवस्थाप्रति प्रश्न उठ्न थालेको उनले बताए। यो संविधानले प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नदिने बताउँदै यो षडयन्त्र भएको बताए।  

प्रधानमन्त्रीको लहडलाई राष्ट्रपति रोक्न सक्नु पर्नेमा विद्या भण्डारी पनि केपी ओली ग्याङको एक सदस्य मात्र भएको बताए। राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षी मात्र होइन साझेदार भएको थापाले बताए। पञ्चायतको शासन पनि यसरी नचल्ने उनले बताए।

आजको यो अवस्था प्रचण्ड र माधव नेपाल हुतिहारा भएका कारण पनि आएको उनले बताए। 'हामीले संसदमा तपाईको प्रधानमन्त्री अनैतिक हुनुहुन्छ भन्दा पत्याउनु भएन', उनले भने, 'अनी हिसाव नमिलेपछि आरोपपत्र ल्याउनु भयो। संसदीय दलमा अविश्वासको प्रस्ताव लगेको भए यो अवस्था आउने थिएन' उनले भने।

 

प्रकाशित: ५ पुस २०७७ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App