coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली माफियाको घेराबन्दीमा: अनेरास्ववियू सह अध्यक्ष तामाङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का सह–अध्यक्ष रन्जित तामाङले वर्तमान सरकार चौतर्फी आलोचनाको घेरामा परेको बताएका छन्। पार्टी एकताको मर्म, भावना र निर्वाचनमा जनतालाई दिएको प्रतिबद्धता पुरा गर्ने तर्फ सरकारले ध्यान केन्द्रित गर्न नसकेको बताएका हुन्।  

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका पूर्व उपाध्यक्ष यामनाथ पौडेलको श्रद्धान्जली सभामा सहभागी हुन म्याग्दीमा आएका तामाङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चुनावमा गरिएको प्रतिबद्धता अनुसार सरकार सञ्चालन हुन नसकेको बताए। ‘एकताको मर्म अनुसार प्रधानमन्त्री चल्न सक्नुभएको छैन्,‘पार्टीभित्रको बहस सरकारलाई सही दिशामा लैजान केन्द्रित छ’ तामाङले भने। उनले मेट्रो रेल, ठूला योजना बनाउनुभन्दा पहिले जनताको न्यूनतम आवश्यकता पुरा गर्न तर्फ सरकार केन्द्रित हुनुपर्ने बताए। ‘सरकारले मनपरी गर्न पाउँदैन्,‘विधिबाट सरकार चल्न नसके ठूलो दुर्घटना हुन्छ’ तामाङले भने।  

उनले पार्टीको एकताका लागि अखिल क्रान्तिकारीले ठूलो त्याग गरेको बताउँदै प्रधानमन्त्री विभिन्न किसिमका माफियाको घेराबन्दीमा रहेको बताए। ‘बालुवाटार माफियाको घेराबन्दीमा छ,‘सबै सुधारका योजनाहरु बालुवाटारबाटै गायव हुन्छन्’ तामाङले भने। उनले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले आलटाल गरेको आरोप समेत लगाए। उनले अनियमितता र भ्रष्टाचारको आरोपमा फसेका आफ्ना निकटका नेताहरुलाई प्रधानमन्त्रीबाटै संरक्षण भएको बताउँदै अर्का अध्यक्ष प्रचण्डबाट एकताको क्रममा गरेको सम्झौता र सहमतिलाई त्याग गदैं ५ वर्षसम्म प्रधानमन्त्रीमा ओलीलाई सर्मथन गर्दा समेत कमजोरी सम्झिएर मनपरी गरेको बताए। ‘अहिलेको शैक्षिक समस्याको करिब ९० प्रतिशत समाधान प्रतिवेदनभित्र छ,‘शैक्षिक माफियाको दवावमा कार्यान्वयन हुन सकेको छैन’ तामाङले भने।  

उनले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरी निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव सरकार गठित विज्ञ टोलिले दिएपनि चन्दा र ठूला आर्थिक प्रलोभनले प्रधानमन्त्रीबाटै कार्यान्वयन हुन नसकेको गम्भीर आरोप लगाए। ३२ पृष्ठ लामो मस्यौदालाई शिक्षामन्त्रीले कार्यान्वयनमा दवाव दिँदा समेत प्रधानमन्त्रीबाटै असहयोग भएको तामाङको आरोप छ। ‘सरकारलाई सुध्रिएर जनताको पक्षमा काम गर्न अनुरोध गर्छु,‘विद्यार्थी आन्दोलनका हरेक सफलताहरु सरकारकै कारण ओझेलमा परेको छ’ तामाङले भने। उनले पार्टीको एकताको उद्देश्य प्रधानमन्त्रीलाई मनोमानी गर्न दिने नभई जनताको भावना र आवश्यकता अनुसार काम गर्नु भएको बताए। सह–अध्यक्ष रन्जित तामाङ उपस्थित पत्रकार सम्मेलनमा ओली पक्षका विद्यार्थी नेताले बहिस्कार गरेका थिए।

प्रकाशित: ३ पुस २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App