१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध दाङमा कांग्रेसको वृहत प्रदर्शन

दाङ घोराहीमा कांग्रेसले गरेको विरोध प्रदर्शन । तस्बिरः नागरिक

सरकारले निरन्तर जनविरोधी कार्य गर्दै आईरहेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार दाङमा पनि सरकारको विरोधमा आन्दोलन गरेको छ । सैयौँ कार्यकर्ता सडकमा उतारेको कांग्रेसले वर्तमान सरकारको बहिर्गमन माग गरेको छ । घोराहीमा भएको सरकार विरोधी प्रदर्शनमा सहभागि कांग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्रीका कदम, नेकपाको दुई तिहाईको दम्भले निम्त्याएका परिणाम तथा सरकारले गरेका गलत निर्णयको विरोधमा नाराबाजी गरेका थिए । 

घोराही बजार परिक्रमा पनि आयोजित सभामा कांग्रेसका केन्द्रीय सदस्यहरुले वर्तमान सरकारलाई ईतिहाँसमै सबै भन्दा बढि ‘भ्रष्ट सरकार’ को उपमा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टचारीको प्रमुख संरक्षकका रुपमा चित्रण गरेका थिए । ‘वर्तमान सरकार अहिले सम्मकै भ्रष्ट सरकारका रुपमा उभियो,’ विरोध सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीले भने ‘भ्रष्टाचारमा लिप्त वर्तमान सरकार जनताको हितको पक्षमा छैन भन्ने अब पुष्टि भैसकेको छ ।’  प्रधानमन्त्री केपी शर्मा ओलीले केबल आफ्नो कुर्सीका लागि मात्रै ध्यान केन्द्रित गरेको भन्दै उनले नेपाली जनता अब सरकार र प्रधानमन्त्रीको गलत कदमको विरोधमा सडकमा उत्रनु पर्ने वताए ।  

यसैगरि अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको संरक्षक रहेको भनेर अन्तराष्ट्रिय संस्थाले पुष्टि गरिसकेको वताए । ‘हामी त्यो देशका नागरिक हौँ, जुन देशका प्रधानमन्त्री भ्रष्टाचार र भ्रष्टाचारीका प्रमुख संरक्षक हुन्,’ उनले भने ‘अब केपी शर्मा ओलीको यो रबैयालाई देशले सहँदैन, नेपाली जनताले सहँदैनन् ।’ यसैगरि उनले प्रतिपक्षदल नेपाली कांग्रेसलाई बेवास्ता गरेर आँफू खुशी जनताको बिपक्षमा काम गर्ने वर्तमान सरकारको कर्तुतलाई कांग्रेसले अब नसहने समेत चेतावनी दिए । ‘प्रधानमन्त्री जि अब तपाईले म नै सर्वेसर्वा हुँ भन्ने मानसिकता त्याग्नुस्, किनकी जनता जागिसके, अब तपाईलाई अधिक महंगो पर्दैछ ,’ चौधरीले भने । अर्की केन्द्रीय सदस्य पार्वती डिसी चौधरी तथा वैकल्पिक केन्द्रीय सदस्य कृष्ण केसीले पनि वर्तमान सरकारले गरेका भ्रष्टाचार श्रृंखला, जनबिरोधी कार्यको कडा रुपमा निन्दा गरे ।  

प्रकाशित: २९ मंसिर २०७७ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App