चिनी उद्योगीले उखु किनेबापतको रकम नदिएपछि समस्यामा परेका किसान अहिले काठमाडौंमा आन्दोलनरत छन्।
उनीहरू काठमाडौं आएपछि ‘बल्ल हलो, कुटो, कोदालो नचिन्नेहरू माइतीघर गएर गोहीको आँशु झार्नु’ विडम्बनापूर्ण भएको भन्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले किसानका समस्या हल गर्न संरचनागत परिवर्तन आवश्यक भएको बताएका छन्।
‘२/३ (दुईतिहाइ) जनता अझै कृषिमा आश्रित देशमा कृषिक्रान्तिको अजेन्डा हराउनु र उखु किसान काठमाडौंमा आएपछि बल्ल हलो/कुटाे/कोदालो नचिन्नेहरू माइतीघर पुगेर गोहीको आँशु झार्नु विडम्बनापूर्ण छ,’ पूर्वप्रधानमन्त्री डा. भट्टरार्ईले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘पपुलिस्ट कुराभन्दा यी संरचनात्मक मुद्दा हल गरौं : १. भूमि सम्बन्ध २. किसानलाई पुँजी/औजार/बीउ/मल ३. बजार/मूल्य।’
प्रकाशित: २९ मंसिर २०७७ ०६:५१ सोमबार





