२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चिनियाँ रक्षामन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेट

तस्बिर: सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङगेले बालुवाटार पुगेर शिष्टाचार भेट गरेका छन्। नेपालको एक दिने भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वे सैनिक मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट सकेपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवासमा भेट्ने कार्यक्रम रहेको छ।

शिष्टाचार भेटमा दुबै देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ। 

  

प्रकाशित: १४ मंसिर २०७७ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App