१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कहिले हुन्छ कांग्रेस १४ औं महाधिवेशन ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन आन्तरिक विवाद र कोरोना भाइरसको संक्रमणका कारण अनिश्चित बन्न पुगेको छ। गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण यसअघि सार्वजनीक गरिएको कार्यतालिका पूर्णरुपमा प्रभावित बन्न पुगेको छ। जसले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४ औं महाधिवेशन उक्त समयमा नहुने निश्चित भएको हो। त्यसोभए कांग्रेस महाधिवेशन कहिले हुन्छ त?  

सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य रमेश लेखकले पार्टीका नेताहरूको सहमतिमा नयाँ मिति तय गरिने जानकारी दिए। ‘अबपनि फागुनमा महाधिवेशन हुन्छ भन्नु जिम्मेवार कुरा होइन,’ लेखकले भने, ‘फागुनमा महाधिवेशन हुनसक्दैन। नेताहरूबीचको आपसी समझदारीमा नयाँ मिति तय हुन्छ।’

महाधिवेशनको तयारीसहितका विषयमा छलफल गर्न कात्तिक २१ गते पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकले १४ औं महाधिवेशनको कार्यतालीका संशोधनसहित नयाँ मिति तोक्ने तयारी छ। तर,संस्थापन पक्ष आफै महाधिवेशनको नयाँ मिति प्रस्ताव गर्ने पक्षमा छैन। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले सभापति देउवाले महाधिवेशन गराउन नचाहेको आरोप लगाइरहेकाले नयाँ मिति प्रस्ताव उनीहरूबाटै गराउने संस्थापन पक्षको रणनीति छ।  

गत फागुनमै कांग्रेसले विधानले दिएको चार वर्षे कार्यकाल गुजारीसकेको छ। त्यसयता विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ। जुन समय पनि आगामी फागुनमा सकिंदैछ।तर, उक्त समयमा महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसले अब संबैधानीक व्यवस्था अनुसारको थप छ महिना समय लिनसक्ने छ। त्यस अनुसार उसलाई आगामी भदौसम्म महाधिवेशन गर्ने समय लिनसक्नेछन्।  

नेता पौडेल निकट केन्द्रीय सदस्य नविन्द्रराज जोशी पार्टी विधानले दिएको अतिरिक्त एक वर्षको सुविधा पनि फागुनमा सकिने भएकाले त्यसभित्रै महाधिवेशन गर्नुपर्ने बताउँछन्।  पार्टी विधानले दिएको अतिरिक्त एक वर्षको सुविधा पनि फागुनमा सकिने भएकाले त्यसभित्रै महाधिवेशन गर्नुपर्ने बताउँछन्। ‘कांग्रेसले फागुनभित्रै महाधिवेशन गराउनुपर्छ,’ जोशी भन्छन्, ‘बैधानीक कार्यकालय त्यहीसम्म हो।’

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न नयाँ परिस्थिति अनुसार पार्टीलाई पनि अघि बढाउनुपर्ने जोशीको तर्कछ। २०१२ सालमा पार्टी नेतृत्वका लागि जिल्ला जिल्लामै मतदान भएको सुनाउँदै उनले अहिले पनि जिल्ला वा क्षेत्रबाटै मतदान गर्न सकिन दाबी गरे। ‘अहिले आएका विभिन्न प्रविधिको प्रयोग गरेर भएपनि महाधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्वका लागि मनोनयन चाँहि पहिला गर्न सकिन्छ।’

गत फागुनमै कांग्रेसले विधानले दिएको चार वर्षे कार्यकाल गुजारीसकेको छ। त्यसयता विधानले दिएको अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ। जुन समय पनि आगामी फागुनमा सकिंदैछ।तर, उक्त समयमा महाधिवेशन नहुने निश्चित भएपछि कांग्रेसले अब संबैधानीक व्यवस्था अनुसारको थप छ महिना समय लिनसक्ने छ। त्यस अनुसार उसलाई आगामी भदौसम्म महाधिवेशन गर्ने समय लिनसक्नेछन्।  

सबैभन्दा विवाद र लामो समय लाग्ने क्रियाशील सदस्यताको विषयलाई छोटो र छिटो टुंगो लगाएर महाधिवेशनमा जुट्नुपर्ने जनाउँदै कतिपय नेताहरूले तल्लो तहका अधिवेशन प्रक्रियाहरूलाई छोट्याउन सकिने बताउँदै आएका छन्। जिल्ला अधिवेशनमा केन्द्रीय महाधिवेशनपछि गर्नेगरी क्षेत्रीय अधिवेशनसम्म गर्दा यहि वर्ष गर्न सकिने केही नेताहरूको बुझाइ छ।  

छिमेकी मुलुक भारतको बिहारमा कोरोना भाइरसको संक्रमणकाबीच निर्वाचन भइरहेको बताउँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेतृत्वको इच्छाशक्ति भए महाधिवेशन सम्भव रहेको दाबी गरे। २०७७ सालभित्र महाधिवेशन गर्न सके पार्टीका शुभेच्छुक र शुभचिन्तकलाई कामचलाउ जवाफ दिन सकिने बताउँदै उनले भने, ‘महाधिवेशन टार्दैजाने इन्टेन्सन देखिएको छ त्यसले कांग्रेसको प्रतिष्ठा सकिन। हामी नाजवाफ हुन्छौं।’

संस्थापन र असन्तुष्ट पक्षबीच देखिएको पछिल्लो मतभेदले कात्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्नेमै आशंका व्यक्ति गर्दै एक केन्द्रीय सदस्यले भने, ‘बैठक बसिहाल्यो भने अहिलेको कार्यतालिका संशोधन गरेर जेठका लागि मिति घोषणा होला तर त्यो बेलामा पनि अहिलेको पाराले महाधिवेशन हुँदैन र भदौमा सारिन्छ।’  

त्यस बेलासम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँगको सहमतिमा संविधान संशोधनका लागि पहल हुने सुनाउँदै एक नेताले भने, ‘कोरोना संक्रमणको पहिलो छ महिनालाई शून्य समय र थप चार महिना गरी थप दश महिना महाधिवेशनका लागि समय लिनसकिन्छ।’ त्यसका लागि सत्तारुढ नेकपा सकारात्मक देखिएको सुनाउँदै ती नेताले भने, ‘त्यसो गर्दापनि स्थानीय तहको निर्वाचन मुखमा आउँछ। महाधिवेशन भएको छैन भनेर निर्वाचन रोक्ने कुरा आउँदैन। त्यतिबेला अन्य विकल्प पनि सोच्नुपर्ने हुन्छ।’

संविधान संशोधनका लागि सत्तारुढ नेकपा पनि तयार नहुने र कोरोना भाइरसको संक्रमणसहितका आन्तरिक अल्झनले महाधिवेशन हुन नसकेर पार्टीमाथि बैधानीक संकट आउने अवस्थामा पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्ने र अहिलेको अवस्थालाई निरन्तरता दिने पनि विकल्प हुनसक्ने छ। त्यस्तो बेला पार्टी विधान संशोधन गरेर कांग्रेस अध्यक्ष मन्डलको मोडालिटिमा जानसक्ने बताउँदै एक नेताले भने, ‘पार्टी बैधानीक संकटमा फस्यो तपाईहरुले यो प्रस्ताव मानिदिनुपर्योि भने माथि आठ/दश जना बसेर पुरानैलाई निरन्तरता दिनेसहित शेरबहादुर देउवा प्रथम सभापति, रामचन्द्र पौडेल दितिय सभापति र अर्को कसैलाई पनि तृतिय सभापति बनाएर जाने सम्भावना पनि कांग्रेसमा छ। अहिलेकै पाराले महाधिवेशन हुँदैन। गर्दैनन्।’

 

प्रकाशित: १४ कार्तिक २०७७ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App