२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

एक हजार शैयाको अस्पताल निर्माण गर्न माग

पत्रकार सम्मेलनमा सहभागि प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू। तस्बिर:नागरिक

प्रदेश १ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैयाको भेन्टिलेटरसहितको कोभिड–१९ अस्पताल निर्माण गर्न माग गरेको छ। मंगलबार  विराटनगरमा पत्रकार सम्मेलनगरी  प्रतिपक्षी दलले १ हजार शैयाको कोभिड–१९ अस्पताल १५ दिन भित्र निर्माण गर्न प्रदेश सरकारसँग माग गरेको हो ।  

प्रतिपक्ष दलका संसदीय दलका नेता राजीव कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड– अस्पताल निर्माणको  अवसर चुकाएको बताए । कोइरालाले स्थानिय तह देखि जिल्ला, प्रदेश र केन्द्रसम्म रहेको विपद् व्यवस्थापन समितिलाई सक्रिय नभएर  अनेक खालका समिति बनाएर सरकार अलमलिइरहेको  बताए । कोइरालाले कोरोना महामारी अनियन्त्रित रुपमा फैलिइरहेको र सबै अस्पतालका आइसियु वेड विरामीले भरिईसकेको छ । दैनिक संक्रमितको संख्या बढिरहे पनि  राज्य उदासिन भएको आरोप लगाए ।

‘कोरोनाका विरामी  अत्याधिक  बढेका कारण विरामीले आइसियूमा उपचार पाउने अवस्था छैन,’ कोइरालाले भने, ‘तर, राज्य विरामीको उपचारको प्रबन्ध गर्न उदासिनता देखाइरहेको छ । राज्यका संयन्त्रहरू अल्छे भएका छन् ।’  

प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैयाको कोभिड–१९ अस्पतालको निर्माण गर्ने घोषणा गरे पनि अझैसम्म अस्पताल नबनेको बताए  । कार्कीले कोभिडका विरामी घरमै छटपटाएर पिडादायी रुपमा मर्न बाध्य भइरहेपनि  प्रदेश सरकारले मानविय संवेदना र करुणा नदेखाएको आरोप लगाए । 

उनले बाहानावाजी नगरी   १५ दिन भित्र सरकारले घोषणा गरे अनुसारको १ हजार शैयाको अस्पताल निर्माण गर्न प्रतिपक्षी दलको तर्फबाट  माग गरे । उनले भने‘सरकारले घोषणा गरे अनुसारको १ हजार शैयाको भेन्टिलेटरसहितको अस्पताल १५ दिन भित्र प्रदेशको राजधानी विराटनगरमा निर्माण गर्न माग गदैछौं ।’  

कार्कीले  दिनानुदिन अनपेक्षित रूपमा संक्रमितको संख्या  बढिरहे पनि कार्यक्रम र समारोह होस् वा गुद्री, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना नभएको बताए । कार्कीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएको र कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए । 

सरकारको हेलचक्राइकै कारण  कोभिड–१९ का बिरामीले न्यूनतम उपचारसमेत नपाउने अवस्था प्रदेशमा  उत्पन्न भएको कार्कीले स्पष्ट पारे  । प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव नभई  कार्यशैली, कार्यक्षमता र योग्यताको अभावले चौतर्फि समस्या निम्तिएको कार्कीको भनाइ छ।

प्रकाशित: २७ आश्विन २०७७ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App