coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ५ को राजधानी देउखुरी र नाम लुम्बिनी दुई तिहाइले पास

अन्तत प्रदेश स्थापना भएको ३० महिना पछि प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी पाएको छ। प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी तोकीएको छ। प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारले गत शुक्रबार सदनमा पेश गरेको प्रस्तावलाई आज प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको हो। राजधानीका लागि भएको मतदानमा कुल ८२ मत खसेको थियो। जसमा प्रस्तावको पक्षमा ६९ मत खस्दा त्यसको विपक्षमा जम्मा १३ मत खसेको छ। नामका लागि भएको मतदानमा प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ ।

 

प्रकाशित: २० आश्विन २०७७ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App