२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको स्पष्टीकरण: मैले कसैलाई ‘पाखे’ भनेको छैन

सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले कसैलाई पाखे नभनेको भन्दै स्पष्टीकरण दिएका छन्।

‘प्राइम टाइम्स’ टेलिभिजनमा ऋषि धमलासँगको अन्तर्वार्तामा उनले कुलमान घिसिङले गर्दा लोडसेडिङ अन्त्य भयो भन्नेहरू एकपाखे हुन् भनी टिप्पणी गरेका थिए। जसको अहिले आलोचना भइरहेको छ।  

यो पनि पढ्नुहोस्

कुलमानको यत्रो वाहवाही किन?

साेही विषयमा प्रेस सल्लाहकार थापाले बुधबार ट्विटरमार्फत आफूले ‘एकपाखे’ भनेकामा यसलाई एकथरी मानिसले अतिरञ्जित गरी दुष्प्रचार गरेको गुनासो गरेका हुन्।  

‘मैले पाखे भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘एकपाखातिरको कुरा गरेर अर्कोपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु। त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु।’  

प्रकाशित: ७ आश्विन २०७७ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App