१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आफ्नो जन्मदिनमा पर्यटनमन्त्री याेगेशले एसिडपीडित मुस्कानलाई गरे आर्थिक सहयोग

तस्बिर : मन्त्री भट्टराईकाे फेसबुकबाट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज आइतबार आफ्नो जन्मदिनका अवसरमा एसिडपीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् ।  

खातुनलाई आइतबार बालुवाटारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री भट्टराईले आर्थिक सहयोग गरेका हुन् । डाक्टर बन्ने उनको लक्ष्यमा सहयोग पुगोस् भनेर पूर्ववचनअनुसार आफूले सहयोग गरेको उनले फेसबुकमा लेखेका छन् ।  

मन्त्री भट्टाईले खातुनलाई सहयोग गरेको तस्बिरसहित लेखेको स्टाटस यस्तो छ :

यो सालको जन्मदिन मुस्कानको साथ

गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भव्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरूले तालीको गडगडाहटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाएँ, उहाँको उच्च शिक्षाका लागि आफ्ना तर्फबाट केही सहयोग गर्ने वचन दिएको थिएँ । 

आज मेरो जन्मदिन तिनै मुस्कान र उनीजस्तै असह्य पीडामा रहेका मुस्कानहरूमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिनअघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको व्यवस्था मिलाउने वचन दिनुभएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ । बहिनी मुस्कान तपाईं‌को डाक्टर बन्ने आकांक्षा पूरा हुनेछ।

हार्दिक शुभकामना

प्रकाशित: २१ भाद्र २०७७ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App