१५ चैत्र २०८० बिहीबार
राजनीति

रेल विभागका हाकिम र प्रचण्डका घरबेटीलाई कारवाही गर्ने प्रकाण्डको चेतावनी

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले ठेक्का लिएर मल आपूर्ति नगर्ने ठेकेदार र रेल मार्ग निर्माणका नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शनिवार एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई सरकारले तुरुन्तै कारबाही नगरे जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व आफ्नो पार्टीले लिने चेतावनी दिएका हुन्।  

यो पनि पढ्नुहोस्

रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

मलको समस्याले किसानहरू छट्पटाइरहेको बेला सरकारले भने भ्रष्टाचारी र बदनामहरूलाई नै मल खरिदको ठेक्का दिएको भन्दै नेकपाले आक्रोष व्यक्त गरेको छ।  

‘देशभरि मलको खोजीमा किसानहरु भौँतारिरहेका छन् तर आपूर्तिका निम्ति भनेर सरकारले ठेक्का कथित सस्तो दरमा मल आपूर्ति गर्ने नाटकमा ठेक्का दियो।’ विज्ञप्तिमा भनिएको छ, ‘जुन कम्पनी निर्माण क्षेत्रमा दर्जनौँ पुल र सडकहरू बर्सौंसम्म अलपत्र पार्ने कम्पनी हुन् भने ठेकेदारहरू राज्यको ढुकुटी लुटेर नेता र आफ्ना व्यक्तिगत सम्पत्तिमा बदल्ने बदनाम तत्वहरू हुन्।’

यो पनि पढ्नुहोस्

रेल्वे ठेक्कामा चलखेलको बाटो खुल्यो

बोलकबोलअनुसार ठेकेदारहरूले मल आपूर्ति नगर्दा लाखौँ किसानको धानबाली बिग्रिँएको र देशको उत्पादनमा ठूलो नोक्सानी हुँदा समेत सरकार मुखदर्शक बनेको नेकपाले आरोप लगाइएको छ।  

यस्तै पूर्व–पश्चिम रेलमार्गको परियोजनाका नाममा अर्बौको भ्रष्टाचार गरेको समाचारहरु आइरहेको स्मरण यस्तो कार्य स्वीकार्य नहुने चेतावनी दिइएको छ।

यो पनि पढ्नुहोस्

महासंघ अगुवाइमा रेल्वे ठेक्कामा मिलेमतो

प्रकाशित: २१ भाद्र २०७७ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App