२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

डा. भट्टराईको प्रश्न : याे कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो ?

प्रा. डा‍‍. गोविन्द केसी जुम्लामा अनशन बस्न खोज्दा सरकारले गरेको अवरोधप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कडा प्रश्न गरेका छन् ।  

शुक्रबार ट्विटरमा लेख्दै डा. भट्टराईले, सत्याग्रह नै बस्न नपाउने यो कस्तो लोकतन्त्र हो भनेर प्रश्न गरेका हुन् ।  

‘सत्याग्रहीको माग पूरा गर्ने/नगर्ने सरकारको इच्छाको कुरा हो, तर सत्याग्रहमा बस्नै दिन्नँ भनेर बल प्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो,’ डा. भट्टराईले प्रश्न गरेका छन्, ‘डा. केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान र कानुनको कुन धारा र दफा उल्लंघन हुन्छ ? ओली सरकार आफ्नै छायादेखि किन तर्सिंदैछ ?’  

प्रकाशित: १२ भाद्र २०७७ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App