४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोरोना रोकथाम र उपचारमा हालसम्म सरकारले कति खर्च गर्‍यो ?

   कोभिड –१९ को रोकथाम र उपचारका लागि सरकारले साउन मसान्तसम्म झण्डै १२ अर्ब खर्च गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन्। साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको उनले बताए।  

सो अन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ । सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ।      

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म रु दुई अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा खतिवडाले जानकारी दिए।      

   

 

प्रकाशित: ५ भाद्र २०७७ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App