१६ चैत्र २०८० शुक्रबार
राजनीति

भारतीय विदेशमन्त्रीलाई परराष्ट्रको जवाफ : बुद्ध नेपालमा जन्मिएको बारे विश्व जानकार छ

परराष्ट्र मन्त्रालयले ऐतिहासिक र पुरातात्विक प्रमाणहरुले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको स्थापित भइरसकेको बताएको छ। बुद्ध जन्मस्थल लुम्बिनी यूनेस्को विश्व सम्पदा सूचीको एक महत्वपूर्ण स्थान भएको पनि परराष्ट्रले बताएको छ।  

परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदमा गरेको संवोधनमा नेपाल बुद्ध भूमि भएको बताएको उल्लेख गरिएको छ।

शनिबार भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको बताएका थिए। कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्को कार्यक्रममा बोल्दै उनले गौतम बुद्ध र महात्मा गान्धी महान भारतीय भएको बताएका हन्। उनको भनाईको जवाफमा परराष्ट्रले विज्ञप्ति निकालेको हो।  

बुद्धिजम नेपालबाट विश्वका विभिन्न भागमा फैलिएको सत्य भएको बताउँदै यो वहस र विवादको विषय नभएको उल्लेख गरिएको छ। यो विषयमा पुरै अन्तराष्ट्रिय समुदाय जानकार रहेको पनि विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित: २५ श्रावण २०७७ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App