२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

रविको पक्षमा ३२ लाख हस्ताक्षर र ६२ लाख चन्दा सङ्कलन

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३२ लाख छ हजार ६०८ हस्ताक्षर सङ्कलन भएको छ।

यस्तै ६२ लाख १६ हजार ६६९ चन्दा सङ्कलन भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार यो आँकडा शुक्रबार (आज) सम्मको हो। 

सभापति लामिछाने अहिले भैरहवा कारागारमा छन्। सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा गएका लामिछानेका विरुद्ध राज्यले प्रतिशोध साँधेको रास्वपाले जिकिर गर्दै आएको छ।

त्यही प्रतिशोधको विरुद्धमा भन्दै रास्वपाले गत असार ७ गतेदेखि हस्ताक्षर सङ्कलन अभियान थालेको थियो। त्यसमा आजको मितिसम्म यो आँकडामा हस्ताक्षर सङ्कलन भएको हो। 

रास्वपाले हस्ताक्षर अभियानका लागि स्वत:स्फूर्त रूपमा सहयोग गर्नसमेत आह्वान गरेको थियो। उक्त आह्वानबापत् आजको मितिसम्म ६२ लाखभन्दा बढी रकम सङ्कलन भएको प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित: २३ श्रावण २०८२ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App