coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘प्रधानमन्त्री वा अध्यक्षमध्ये एक छाड्नुपर्ने औपचारिक प्रस्ताव होइन’

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्नेे विषय पार्टीको औपचारिक प्रस्ताव नभएको बताएका छन् । ‘राम्रोसँग चलाउन पार्टी र सरकार सच्चिनुपर्छ, समस्या निश्चित छ, तर एक पद छाड्ने भन्ने प्रस्ताव पार्टीको औपचारिक बन्न सकेन,’ मंगलबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले भने ।  

प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद मात्र लिनुपर्ने भन्ने विषय पार्टी र सरकार राम्रोसँग चलाउनेबारे आएको व्यक्तिगत विचार भएको उनले बताए । सरकारले सकारात्मक काम गरे पनि केही महत्वपूर्ण मुद्दामा चुकेको बताउँदै नेता श्रेष्ठले भने, ‘जारी स्थायी बैठक बस्छ, बस्नुपर्छ, प्रधानमन्त्रीले आएर आफ्ना कुरा राख्नुपर्छ, अरूको कुरा पनि सुन्नुपर्छ ।’ पार्टी र सरकार राम्रोसँग सञ्चालन हुन नसकेपछि विधि र पद्धतिबाट चलाउने गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेकपाभित्रको समस्यालाई निकास दिने पहिलो जिम्मेवारी पनि अध्यक्ष र प्रधानमन्त्रीसमेत भएकाले केपी ओलीकै रहेको उनले बताए ।  

अहिले देखिएको विवादलाई बैठकबाट सामाधान हुने र पार्टी एकता कायम रहने प्रवक्ता श्रेष्ठको दाबी छ । पार्टी गतिहीन भएको, निष्क्रिय देखिएको र आचरणको हिसाबले अरूभन्दा भिन्न हुन नसकेको उनको गुनासो छ । दैनिक काममा सरकारलाई हस्तक्षेप गर्न नहुने र सरकारले समाजवादलाई केन्द्रबिन्दुमा राखी काम गर्नुपर्ने उनले बताए । ‘घुस खुवाउनुपर्ने अवस्थाको अन्त्य, राजनीतिक नियुक्तिमा ठिक मान्छे, पँुजीगत खर्च कार्यान्वयन क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्छ,’ उनले भने ।

प्रकाशित: २१ श्रावण २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App