७ वैशाख २०८१ शुक्रबार
राजनीति

खेलाडीहरूको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरूको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन्। पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका हुन्। राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरूलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको बताएका छन्। कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै उनले गुनासो गरे । ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरूलाई सहभागि गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । 

आगामी दिनमा ऐन बनाउँदा ध्यान दिन उनले आग्रह गरे । सरकारले केही समयअघि मात्रै जारी गरेको राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ मा उनले असन्तुष्टि जनाउँदै आएका छन्। कांग्रेसको खेलकुद विभागले १३ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ ।

प्रकाशित: १६ श्रावण २०७७ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App