१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अब विद्यालयलाई क्वारेन्टिन नबनाइने

सरकारले विद्यालय भवन र परिसरमा क्वारेन्टिन र आइसोलेसनसम्बन्धी कुनै पनि काम सञ्चालन नगर्ने निर्णय गरेको। सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार क्वारेन्टिन र आइसोलेसनका रुपमा अहिले प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय सरकारले गरेको छ।  

यस्तै विद्यालय र परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुनेगरी कोभिड १९ रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय पनि सरकारले गरेको छ। शैक्षिक सत्र २०७६/०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका भए नजिता प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकिन गर्न पनि सरकारले भनेको छ। विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक कृयाकलाप सञ्चालन गर्न विद्यालय शिक्षकहरुलाई विद्यालय पुगिसक्ने व्यवस्था मिलाउन पनि सरकारले भनेको छ।

 

 

 

 

प्रकाशित: १५ श्रावण २०७७ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App