१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा स्थायी कमिटी बैठक : वीरबलको खिचडी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १० गतेदेखि जारी छ। निरन्तर एजेण्डामा छलफल गरेको भए २/३ दिनमै सकिनै बैठक साउनको दोस्रो हप्ता लाग्दासम्म पनि जारी रहेको छ।

पार्टीका दुई अध्यक्षबीच विभिन्न विषयमा सहमति हुन नसक्दा बैठक बोलाउने र स्थगित हुने निरन्तरता चलिरहेको छ। कहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले एजेण्डाबारे छलफल गर्ने भन्दै बैठक स्थगित हुन्छ त कहिले बाढिपहिरोका घटनालाई देखाए। मंगलबार बैठक स्थगित हुँदा एक अध्यक्ष पुष्पकमल दाहालले थाहासम्म पनि पाएनन्। दाहाल सहित, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक कक्षमा पुगिसकेका थिए। बालुवाटार स्थित बैठकहलमा प्रधानमन्त्री समेत रहेका ओलीको प्रतिक्षा थियो तर विज्ञप्ति आयो बैठक स्थगित भएको। विज्ञप्तिमा स्पष्ट उल्लेख नगरिएक पनि भाषाले बुझाउँथ्यो बैठक अनिश्चितकालका लागि स्थगित।  अहिले नेकपा स्थायी कमिटी बैठक वीरबलको खिचडी जस्तै भएको छ बैठक जारी राख्ने कुनै निष्कर्षमा नपुग्ने।

ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित

मंगलबार नेकपामा देखिएका गतिविधिले पार्टीको विवाद नयाँ उत्कर्षमा पुगेको देखाउँछ। यस दाहाल-नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओलीको राजीनामा माग्दै आएका छन्। तर ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल गर्न सकिने बताएका छन्।  

ओलीले स्थायी कमिटी बैठक एकपक्षीयरुपमा स्थगित गरे पनि दाहालले बैठक बोलाए। बालुवाटारमा उपस्थित भएका स्थायी कमिटी सदस्यहरुसँग उनले छलफल गरे। उक्त बैठकले एकपक्षीयरुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको छ।

बालुवाटारमा नेताहरु पुग्ने तर बैठक स्थगित हुने पटक पटक चलेको छ। कहिले बैठक बोलाएर ओली नआउने समेत गरेका छन्। यो पटक भने स्थगित भने पनि दाहालले बैठक चलाएका हुन्। आज नै दाहाल र झलनाथ खनालले ओलीलाई भेटेर बैठकमा आफ्ना कुरा राख्न आग्रह गरेका थिए। तर ओलीले आफु बैठकमा नआउने बताए स्थायी कमिटीमा दाहालले भनेको एक नेताले बताए।  

स्थायी कमिटीको अर्को बैठकको मितिबारे ओलीसँग छलफल गर्ने जिम्मा दाहाललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

दोस्रो तहका नेताको प्रयास

पार्टीमा देखिएको संकटलाई समाधान गर्न दोस्रो तहका नेताहरु पनि लागेका छन्। उपाध्यक्ष बामदेव गौतमले विग्रह अन्यका लागि भन्दै ६ बुँदे प्रस्ताव पेश गरेका छन्। यसले पनि नेकपमा देखिएको विवाद उच्च विन्दुमा पुगेको पुष्टि गर्छ।

घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले पार्टीको अहिलेको चालु स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालनको बारेमा छलफल नगर्ने गरी बाँकी एजेण्डामा सहमति गराउने प्रयास थालेका हुन्। नेकपा नेता घनश्याम भुसालले नेताहरुबीच संवाद सुचारु राख्नु पर्ने बताए। पार्टीलाई एकतावद्ध गर्नको लागि सबैले पहल गर्न पर्ने भुसालको भनाई छ। 'पार्टी कुनै पनि हातलमा विभाजन गर्नु हुँदैन। विभाजन गर्ने गतिविधि कुनै पनि शीर्ष नेताको नाममा गर्न हुँदैन', भुसालले भने, 'नेतहरूबीच संवाद सुचारु हुन जरुरी छ।'  

बामदेव गौतमको ६ बुँदे प्रस्ताव

उपाध्यक्ष गौतमको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री रहने, पुष्प कमल दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने उल्लेख छ।  

त्यस्तै, पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, पार्टीका कामममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तरराष्ट्रि महत्वका विषयमा निर्णय गर्दा पार्टीको सचिवालयमा परामर्श गर्ने प्रस्ताव गरेका छन्। उनले मन्त्रिमण्डल पुनर्गठन गर्न समेत प्रस्ताव गरेका छन्।  

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १३ श्रावण २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App