१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा संकट समाधानका लागि युवा नेताको अग्रसरता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेताले पार्टीको संकट समाधान गर्न अग्रसरता लिएका छन्। असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक ठोष निर्णयबीना पटक पटक स्थगित भइरहेको बेला घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले पार्टीको अहिलेको चालु स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालनको बारेमा छलफल नगर्ने गरी बाँकी एजेण्डामा सहमति गराउने प्रयास थालेका हुने।  

आज ११ बजे बोलाइएको बैठक अध्यक्ष केपी ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए। उता अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरु बैठकका लागि बालुवाटार पुगिसकेका थिए। पार्टीका अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकोले बैठक स्थगित गरिएको पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।  

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगनबारे अर्का अध्यक्ष दाहालसँग कुनै सल्लाह नभएको बताए। ओलीले बैठक स्थगित गरे पनि दाहालले बैठक सुचारु गरेका थिए।

नेकपा नेता घनश्याम भुसालले नेताहरुबीच संवाद सुचारु राख्नु पर्ने बताए। पार्टीलाई एकतावद्ध गर्नको लागि सबैले पहल गर्न पर्ने भुसालको भनाई छ। 'पार्टी कुनै पनि हातलमा विभाजन गर्नु हुँदैन। विभाजन गर्ने गतिविधि कुनै पनि शीर्ष नेताको नाममा गर्न हुँदैन', भुसालले भने, 'नेतहरूबीच संवाद सुचारु हुन जरुरी छ।'  

 

प्रकाशित: १३ श्रावण २०७७ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App