coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति

प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन्त्रणका लागि विपद अनुगमन व्यवस्थापन समिति गठन भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

'अत्याधिक जोखिम रहेको क्षेत्रमा तटबन्ध निर्माण गर्ने, मर्मत सम्हार, जोखिममा परेकालाई सुरक्षित क्षेत्रमा उद्वार गर्ने, आवश्यक परेकालाई तत्काल राहत उपलब्ध गराउने समितिलाई विशेष अधिकार दिइएको छ,’ उनले भने । प्रदेशका आठवटै जिल्लामा भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनको लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा तीन सदस्यीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको हो ।

समितिमा कानून यादव र उद्योग वन पर्यटन तथा संस्कृती मन्त्री राम नरेश राय समेत सदस्य रहेका छन् । समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छन् । समितिले काम समेत थालिसकेको मन्त्री यादवले जानकारी दिए । यस्तै, बैठकले खर्च मापदण्ड निर्देशिका २०७७ लाई समेत स्वीकृती दिएको छ ।

प्रकाशित: ३० असार २०७७ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App