१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोभिड-१९ पछिको नयाँ विश्व व्यबस्था बारेमा छलफल

युनिभर्सल पिस फेडेरेशन (युपीएफ) एसिया प्यासिफिक द्वारा आयोजित "समिट काउन्सिल फर पिस एसिया प्रशान्त भर्चुअल समिट" मा विश्व नेताहरूले कोभिड १९ को विश्वव्यापी विपत्तिको घडीलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरेर नयाँ विश्व व्यबस्थाको तयारीमा जुट्न आग्रह गरेका छन्।  

भर्चुअल सम्मेलनलाई सम्बोधन गर्ने १३ जना विश्व नेताहरूले कोभिड १९ ले सृजित चुनैतिहरुलाई नयाँ अवसरका रुपमा रुपान्तरण गर्नु पर्ने बताए। बक्ताहरुले यस स्वास्थ्य महामारीले समाजका सबै क्षेत्रलाई ठूलो धक्का दियकोले यसको समाधानमा पनि सबै एकताबद्ध भयर अघि बढ्नु पर्ने धारणा राखेका थिए। ध्रुवीकरण तथा दोषारोपणले चुनैतिको सामनामा कठिनाई सृजना गर्छ भन्दै विश्व नेताहरूले कोभिड १९ को महामारीलाई एक "वेक अप कल" को रूपमा व्याख्या गरेका छन्। 

विश्व नेताहरूले  मानवताको गन्तव्य साझा रहेको बताउँदै यस विषम परिस्थितिमा एक-आपसमा हौसला तथा मित्रताको भावना संचार गर्न जोड दिए।  विश्व नेता तथा प्रथम महिलाहरूले इन्टरनेश्नल समिट काउन्सिल फर पिस कि संस्थापिका डा. हाक जा हान मुनले विश्व भर शान्ति र भातृत्वको अभिबृद्धि गर्ने कार्यक्रम संचालन गरेर संसारमा आशाको ज्योति प्रदान गरेको बताइन्। जुलाई ९, २०२० मा दुइ घण्टा सम्म चलेको अन्तर्राष्ट्रिय समिट काउन्सिल फर पीसको शिखर सम्मेलनमा ८ जना वर्तमान तथा पूर्वराष्ट्र प्रमुख / सरकार प्रमुखहरू एवं ५ जना प्रथम महिलाहरूले सम्बोधन गरेका थिए। जसलाई ६ वटा भाषामा अनुवाद गरिएको थियो। उक्त भर्चुअल शिखर सम्मेलका लागि १०६ राष्ट्रहरुका ९,००० जनाले सहभागिताका लागि नाम दर्ता गरेका थिए। सम्मेलनको शीर्षक "कोभिड १९ पछिको विश्वको पूनर्निर्माण तथा नवीकरणः अन्तनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता" रहेको थियो। विश्व नेताहरुले कोभिड १९ का कारण सृजित सबै चुनौतिमा मानब जातिले छिटै विजय हासिल गर्ने विश्वास ब्यक्त गरे। 

कार्यक्रमका मुख्य वक्ताहरूमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्ष, यूपीएफका अन्तर्राष्ट्रिय नेताहरु डा. थोमस जी. वाल्स र डा. युन योङ्ग हो, गणतन्त्र किरीबाटीका पूर्व राष्ट्रपति एनोटे टोङ, मार्शल द्वीप गणराज्यका पूर्व राष्ट्रपति केसई नोट, भानुवाटुका पूर्व राष्ट्रपति जर्ज सोकोमानु, नेपालका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सोलोमन टापुका पूर्व प्रधानमन्त्री ड्यानी फिलिप, मंगोलिया र नेपालका पूर्वउपप्रधानमन्त्रीहरु क्रमशः तसेरेन्द्रश औयुनबाटर र सुजाता कोइराला रहेका थिए। नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झाले सभापतित्व गरेको भर्चुअल शिखर सम्मेलनमा एशियाली सांस्कृतिक परिषदले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो। अन्तर्राष्ट्रिय समिट काउन्सिल फर पीस, वर्तमान तथा पूर्वराष्ट्र तथा सरकार प्रमुखहरूको अन्तर्राष्ट्रिय संजाल हो। उक्त भर्चुअल सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले सहजिकरण गरेका थिए।

 

प्रकाशित: २९ असार २०७७ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App