१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीलाई गगन थापाको यस्तो सुझाव

सरकारले निश्चित नियम तोकेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

तर सरकाले भनेअनुसार गाडी चलाउन नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भनिसकेको छ । जसले गर्दा सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेको छैनन् ।  

यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा सुझाव दिएका छन् ।  

नेता थापाले शनिबार आफ्नो फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।  

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक र मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामूहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने, उपभोक्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।’

प्रकाशित: २७ असार २०७७ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App