अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट प्रहरीले २७ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित बोहोरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-१५ घर भएका ३० वर्षीय प्रदिप केसी, २६ वर्षीय ललित केसी र सोही उपमहानगरपालिका-१४ घर भएका २९ वर्षीय रविन चौधरी रहेका छन्।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
यसैगरी, काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ग्राम सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कैलाली टीकापुर नगरपालिका-५ घर भएका २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ घर भएका २० वर्षीय निरज कुमार मण्डल र पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा किशोर प्रसाद घाइते भएका थिए। घाइते भएका किशोर प्रसादको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
बाँके, खजुरा गाउँपालिका-५ उढरापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम १ सय ९० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही गाउँपालिका-५ उढरापुर बस्ने ३१ वर्षीय मुजमिल खाँ लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-१५ चन्नहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ बस्ने ३२ वर्षीय राम प्रकाश थारू र ३३ वर्षीय करण थारू रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै, प्रहरीले थप अनुसन्धानको लागि लागूऔषध खरिद गर्न आएका अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-३ देउरालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८५ ट्याब्लेट र स्पास्मो २ सय ८५ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मकम डाँडा बस्ने २६ वर्षीय जाल कुमार राई र ३० वर्षीय किलर भन्ने नेत्रमन राई रहेका छन्। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले प्र.१-०२-००५ ह ३८१८ नम्बरको अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक जाल कुमार र अटोमा सवार नेत्रमनलाई पक्राउ गरेको हो।
यसैगरी उदयपुर, कटारी नगरपालिका-४ कान्छिबजारबाट नियन्त्रित लागूऔषध टापेन्डाडोल ५६ ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण गोले तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
अछाम, मंगलसेन नगरपालिका-८ ग्यानेगैडी बस्ने ५७ वर्षीय भैरव प्रसाद भाटलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
धनकुटा, धनकुटा नगरपालिका-१० पात्लेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सुनसरी देवानगन्ज नगरपालिका-५ साहेबगन्ज बस्ने २६ वर्षीय पप्पु भन्ने सनि कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१५ निम्बुखेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने समिर नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय शंकर चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय एमिल राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ नारायणी महलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ९ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१ पानसुके चोक डेरा गरी बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै, थप अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ हेटौंडा क्याम्पस नजिक डेरा गरी बस्ने भारत घर भएका ४६ वर्षीय रामजी बानियाँ सँग उक्त लागूऔषध खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात रामजीको कोठा तलासी गर्दा १२ ग्राम ३ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद १२ हजार ६ सय रूपैयाँ फेला पारी रामजीलाई समेत प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानको लागि रामजीको श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१४ मयुरधाप घर भएकी २४ वर्षीया अंजलि तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सिन्धुली, दुधौली नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम र नगद ७ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २७ वर्षीय प्रमोद साह र सोही नगरपालिका-९ बस्ने २० वर्षीय उमेश रूचाल रहेका छन्। प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले स.७ प ७३६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
इलाम, इलाम नगरपालिका-९ भन्ज्याङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय नेम्बाङ लिम्बु र सन्दकपुर गाउँपालिका-२ माईमझुवा बस्ने २१ वर्षीय सुदिप गुरूङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलाम समेतबाट खटिएको प्रहरीले मे.९ प ८८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
मोरङ, रंगेली नगरपालिका-५ भेडुबाथानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० हजार ५ सय ट्याब्लेट सहित भारत विहार अररिया सिक्टी थाना आँपगाछी पञ्चायत लेटी गाउँ १४ बस्ने २५ वर्षीय अभिषेक कुमार मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ ए एच ८७९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ७० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय तबरेज मन्सुर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३४ प ९९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ७ असार २०८३ १९:३९ आइतबार





