१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली-दाहाल भेट : छलफलकै निरन्तरता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखिएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर छलफल चलिरहेको छ। कहिले सहयोगि नेतासहित त कहिल एकल भेट भइरहेका छन्। जारी स्थायी कमिटी बैठकमा ३० जनाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा संकट गहिरिँदो छ।

मंगलबार पनि दुई अध्यक्षबीच विवादलाई निकास दिन छलफल भएको छ। तर आजको छलफलले पनि कुनै ठोष परिणाम भने दिए। दाहाल-नेपाल समूहले ओलीले दुबै पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् भने ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल हुने भन्ने अडान राख्दै बएका छन्। यी दुई विषयमा समाधानको बाटो निकाल्न नसक्दै नेकपाको स्थायी कमिटी बैठक बेला बेला स्थगित हुँदै आएको छ।  

आजको छलफल पनि छलफलकै निरन्तारता मात्रै भएको बालुवाटार स्रोतले बतायो। 'दुई अध्यक्षबची दुरी कम गर्ने विषयमा छलफल केन्द्रित भयो', स्रोतले भन्यो, 'भोली ११ बजे बस्ने स्थायी कमिटी अगाडि पुन: उहाँहरुले छलफल गर्नु हुने छ।'

नेकपामा संकट गहिरिँदै जाँदा चिनियाँ राजदूतको सक्रियता पनि बढेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरु भेटेकी छन्। उनले नेकपा नेता माधव कुमार नेपाल र झलनाथ खनालाई भेटेकी थिइन्। उनको भेटको उदेश्य नेकपाको संकट समाधानमा केन्द्रित भएको चर्चा भइरहेको छ।  

 

प्रकाशित: २३ असार २०७७ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App