८ वैशाख २०८१ शनिबार
राजनीति

चिनियाँ राजदूतको सक्रियता : नेकपा नेता खनालसँग भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनाललाई भेटेकी छन्।  

दुई जनाबीच खनाल निवास डल्लुमा भेट भएको थियो। नेकमा भित्र आन्तरिक विवाद बढिरहेको समयमा चिनियाँ राजदूत होउको सक्रियता बढेको हो। पार्टी स्थायी कमिटीमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद चर्किएको छ।  

यस अघि होउले नेकपा नेता माधव नेपाललाई भेटेकी थिइन्। उनले नेताहरुलाई भेटेर पार्टीलाई एकतावद्ध बनाउन सुझाव दिनेगरेको चर्चा रहे पनि खनाल होउ भेटमा के विषयमा कुरा भयो बाहिरिएको छैन।

उनको सक्रियतालाई नेकपा भित्रको विवादसँग जोडेर हेर्ने गरिएको छ।

 

 

प्रकाशित: २३ असार २०७७ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App