६ चैत्र २०८० मंगलबार
राजनीति

प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह

नेकपा विवाद

पार्टीभित्र विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट तिव्र पारेका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरी मन्त्रीहरुलाई आफु र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको भन्दै ब्रिफ्रिङ गरेपछि आज ओली इतर नेताहरुपनि शितल निवास पुगेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार लगायतका नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध अहाअभियोग लगाउने तयारी भएको र आफूलाई पनि हटाउने षडयन्त्र भएको मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरु आज राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

प्रधानमन्त्री ओलीले पार्टी संकटमा पुगेको ब्रिफ्रिङ गरेपछि इतरका नेताहरुले राष्ट्रपतिलाई पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेका छन्। भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदमका पक्षमा साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका छन्।  

राष्ट्रपतिलाई भेटेपछि दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन्। पार्टीलाई फुटको संघारबाट जोगाउन ओली र दाहालबीच आज निर्णायक वार्ता हुन सक्ने बुझिएको छ। दुबै पक्षबाट दोस्रो तहका नेताहरु पनि वार्तामा सहभागि भएको बुझिएको छ। सोमबार स्थायी समिति बैठक पछि बस्दै छ।

प्रकाशित: २१ असार २०७७ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App