१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली र दाहालको तीन घण्टा लामो छलफलमा के भयो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा तीन घण्टा लामो छलफल भएको छ। छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागि थिए।  

नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेपछि विवाद चुलिँदै आएको छ। स्थायी समिति जारी रहेकै समयमा प्रधानमन्त्रीले अधिकार प्रयोग गर्दै बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि नेकपा नेताहरु अझै सशंकित भएका छन्। संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्वन्धी अध्यादेश ल्याउन लागेको दाहाल लगायतका नेताहरुले आशंका गरेका छन्।

बिहीबार केहीक्षण स्थायी समिति आठकमा बसेका ओली मन्त्रिपरिषदको बैठक पछि पुन: सुरु भएको बैठकमा आएका थिएनन्। ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा बाहेक सबै विषय छलफल गर्न आफु तयार रहेको बताउँदै आएका छन्।

११ बजेदेखि २ बजेसम्म भएको छलफलमा दुई नेताबीच कुनै ठोष निष्कर्ष नआएको एक नेताले बताए। स्रोतका अनुसार दाहालले ओलीलाई सच्चिन र त्याग देखाउन आग्रह गरेका थिए। तर ओलीले आफु सबै विषयमा छलफलको लागि तयार भएकोर मंसिरमा भएको सहमति अनुसार अघि बढ्न दाहाललाई सुझाएका थिए।

दुई अध्यक्ष आआफ्नै अडानमा रहेपछि शनिबार स्थायी समिति बैठक अगाडि पुन: छलफल गर्ने भन्दै उठेका थिए।  

नेकपा भित्र देखिएको विवादले पार्टी फुट्ने चिन्ता बढिरहेको छ। पार्टीमा विभाजन आउन लागेको भन्दै शुक्रबार विहान मात्र दोस्रो पुस्ताका नेताहरुले बैठक बसेर पार्टी एकतालाई बचाउन पहल थाल्ने बताएका थिए। दिउँसो मात्र नेकपाका केन्द्रिय सदस्यहरुले नेताहरुलाई मिल्न दवाव दिँदै पार्टी मुख्यालय धुम्वाराहीमा धर्ना दिएका थिए।  

 

 

प्रकाशित: १९ असार २०७७ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App