नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठ पुन: सुरु भएको थियो। बिहीबार मन्त्रिपरिषद बैठक बसेपछि स्थायी कमिटी स्थगित भएको थियो। मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
मन्त्रिपरिषद बैठक लगत्तै नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका थिए। छलफलमा संसद बैठक अन्त्यको औचित्यबारे प्रश्न उठाएका थिए। छलफलपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए। दाहाल शीतल निवासबाट फर्किए लगत्तै स्थायी कमिटी सुरु भएको हो।
प्रकाशित: १८ असार २०७७ १०:३४ बिहीबार