coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

फाइल तस्बिर

सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक बिहीवार(आज) दिउँसो १२ बजे बालुवाटारमा बस्दै छ। 

बालुवाटारमै नेकपाको स्थायी समिति बैठक चलिरहेको बेला ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्। स्थायी समिति बैठकमा नेकपाकै नेताहरुले राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ।  

प्रचण्ड माधव नेपालसमूह प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छ। यसै सन्दर्भमा उक्त समूहले बुधबार छुट्टै छलफल समेत गरेको थियो। अध्यक्ष प्रचण्डले बिहीवार बिहान ओलीपक्षीय स्थायी समिती सदस्यसँग पनि छलफल गरेका थिए।

प्रकाशित: १८ असार २०७७ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App