७ वैशाख २०८१ शुक्रबार
राजनीति

चीनबाट नेपाली भूमि मिचिएको समाचार भ्रामक छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  केही दिनअघि सञ्चारमाध्यमबाट प्रकाशित चीनबाट नेपाली भूमि मिचियो भन्ने खालका समाचार भ्रामक रहेको बताएका छन् । उनले राष्ट्रिय सभामा विभिन्न प्रमाण प्रस्तुत गर्दै  कृषि मन्त्रालयको हवाला दिँदै नापी शाखाको प्रतिवेदनमा आधारित भनेर चीनले नेपालीका विभिन्न भूभाग अतिक्रमण गरेको  भन्ने समाचार झुटो रहेको बताएका हुन् ।

उनले कृषि तथा पशुपन्त्री मन्त्रालयले विज्ञप्ति निकालेर सो समाचार भ्रामक भएको स्पष्टसमेत पारिसकेको जानकारी दिए । 

उनले भने,  ‘चीनबाट नेपालको सीमा मिचिएका समाचारको सत्यताको अन्वेषण ग¥यौँ ।  समाचारमा भनिएझैँ बाउन्ड्री मार्कर ३७ र ३८ कहिल्यै खडा नै भएका छैनन् । भौगोलिक जटिलताका कारण दुवै देशको सहमतिमा बाउन्ड्री मार्कर खडा गरिएको थिएन । त्यसकारण सीमा स्तम्भ सारियो भन्ने समाचार झुटो रहेको छ ।’

उनका अनुसार नेपाल र चीनको वर्तमान सीमा ५ अक्टोबर १९६१ मा भएको सीमासम्बन्धी सन्धि र त्यसपछि भएका प्रोटोकलहरूद्वारा निर्धारण गरिएको थियो । उनले दुई देशको सम्बन्धमा प्रतिकूल असर पार्ने खालका समाचार सम्प्रेषित नगर्न र प्रभावित पनि नहुन आग्रह गरेका छन् ।

प्रकाशित: १५ असार २०७७ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App