२७ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनता समाजवादीमा जुट्यो सहमति, पाँच जना पदाधिकारी

जनता समाजवादी पार्टी (जसपा) ले पार्टी नेतृत्वमा सहमति गरेको छ। जसपाले पार्टीमा पाँच पदाधिकारी रहने टुंगो लगाएको हो। सहमति अनुसार पार्टीमा तीन जना अध्यक्ष रहने छन्।

पार्टीका तीन अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहने गरी सहमति भएको हो। राजेन्द्र महतो र अशोक राई पदाधिकारी रहने छने।  

आजनै पार्टी दर्ताको लागि जसपा नेताहरु निर्वाचन आयोग जाँदैछन्। बैशाख १० गते समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको थियो। दल एकताको ४५ दिन भित्र निर्वाचन आयोगमा दर्ता भइसक्नु पर्नेहुन्छ।

प्रकाशित: २५ जेष्ठ २०७७ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App