१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर मिनाहाको माग गर्दै विरगन्जमा प्रर्दशन

वीरगन्जमा नेपाली काँग्रेसको अगुवाईमा प्रदर्शनमा उत्रिएका सहभागी । तस्विरः रितेश त्रिपाठी ।

लकडाउन अवधिभर कर, बैंक व्याज तथा बिजुलीको विल माफ गर्नुपर्ने माँगसहित नेपाली कांग्रेसले विरगन्जमा प्रदर्शन गरेको छ । संघीय संसदमा सरकारको बजेटमाथि छलफल चलिरहेको बेला प्रतिपक्षको भुमिकामा रहेको कांग्रेले यता विरगन्जमा कर मिनाहा लगायतको गर्दै  शान्तिपुर्ण विरोध प्रर्दशन सुरु गरेको हो ।

 नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ को समितिको अह्वानमा लकडाउनमा जनतालाई सरकारबाट सहुलियत पाउनुपर्नेमा भन्दै शनिबार दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा विरगन्जको आर्दशनगर चौकमा विरोध प्रर्दशन गरेको हो ।  विरोध प्रर्दशनमा सहाभागी भएका कांग्रेसका नेता तथा कार्यकर्ताले सरकारले पिडित जनतासंग उल्टै कर असुल्ल सुचना जारी गरेको भन्दै विरोधमा बिरोध जनाए । लकडाउन अवधिभरीको कर, बैंज व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने माँग सहितको अंकित प्लेकार्ड लिएर प्रर्दशन गरेका हुन् । आर्दशनगर चौकमा समाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन् ।  

विरोध कार्यक्रममा सहभागि काँग्रेस पर्साका अध्यक्ष अजय द्विवेदीले लकडाउन अवधीभरको कर, बैंक ब्याज र विजुली विल माफ गर्नुपर्ने न्यायसंगत माँगमा राखि आफुहरुले आन्दोलन सुरु गरेको बताए । लकडाउनमा उद्योग, ब्यपार र व्यवसाय धरासायी भएको अवस्थामा सबैले सहुलियको आशा गरेको बेला सरकारबाट बिपरित ब्यवहार भएको काँग्रेसका जिल्ला नेता तथा संबिधानसभा सदस्य अनिल रुँगटाले बताए । प्रभावितलाई सरकारले राहत दिनुपर्नेमा उल्टै कर बुझाउँन ताकेता गर्ने अनुचित ब्यवहार प्रदर्शन भएको भन्दै काँग्रेस सचिव माग सम्बोधन नभए आन्दोलन थप रुपमा चर्काउन बाध्यता देखेको जनाए ।  

लकडाउन अवधीभरको उद्योग तथा ब्यपारिक प्रतिष्ठानहरु बन्द रहेको बेला श्रमिकको ज्याला बैक व्याज र विजुली विल तिर्न नसक्ने अवस्था रहेकोमा त्यसमाथी थप करको ताकेताले निराशा बढाएको भन्दै प्रदर्शनमा रहेका काँग्रेस नेताहरुले आक्रोश जनाए । करसहित बैंकको ब्याज र बिद्युतको महशुल पनि मिनाहा गर्न जरुरी रहेको भन्दै काँग्रेसको पर्सा क्षेत्र १ का क्षेत्रीय अध्यक्ष विजय सर्राफले लकडाउनका कारण उद्योगी, व्यापारी र आम जनता मर्कामा परेको हुनाले यथाशिघ्र सरकारले समाधान दिनुपर्ने माँगगर्दै पहिलो चरण अन्तरर्गत विरोध प्रर्दशन गरिएको बताए । 

सरकारले सुनुवाई नगरे दोश्रो चरणको विरोधको कार्यक्रम गरिने उनले बताए । विरोध प्रदर्शनका सहभागीले ‘अर्थमन्त्री राजिनामा दे’, ‘जनता मार्न पाइँदैन’, ‘कर, बिजुली शुल्क, र बैंक ब्याज मिनाहा गर’ लगायतका नारा लगाएका थिए । वीरगञ्जको मुख्य बजार क्षेत्र आर्दशनगर चोकमा काँग्रेसको बिरोध प्रदर्शन भईरहेको बेला व्यापक रुपमा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो । कोरोनाको संक्रमण फैल्न नदिन समाजिक दुरीलाई व्यवस्थित बनाउँन प्रहरीले समेत भुमिका गरेको थियो ।

प्रकाशित: २४ जेष्ठ २०७७ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App