१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बोल्दा भाइरल, नबोल्दा गुमनाम

सांसद झोवा विक ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘जनयुद्ध र गणतन्त्रले के दियो भन्नेहरूले देशको धरातलीय यथार्थको प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशकी सांसद झोवा विकलाई सुन्ने र आफैँसँग मम भन्ने कि ?’ पूर्वप्रधानमन्त्री भट्टराई मात्र होइन यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कर्णाली प्रदेशको मुगुबाट समानुपातिक सांसद झोवा विक भाइरल भएकी छिन् । 

उनी प्रायः संसद्मा कमै बोल्छिन्, बोलिन भने भाइरल भइहाल्छिन् । बोल्दिनन् गुमनाम हुन्छिन् । कारण, जे हो त्यही गाउँले भाषामा गर्ने भाषणले सबैको मन जित्छ । उनी जे बोल्छिन् सत्य बोल्छिन् नत्र संसद्मा बोल्दिनन् । नेपाली कांग्रेसबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने झोवालाई कुनै राजनीतिक आस्थाका कारण ठूल्ठूला भाषण गर्नु छैन । सामान्य लेखपढ गरेकी उनी समाजको यथार्थ चित्रण गर्छिन् ।  

अन्यबेला उनी भाषण गर्ने कार्यक्रममा सहभागी हुँदैनिन् । त्यसैले उनी सामाजिक सञ्जलदेखि सञ्चार माध्यमसम्म गुमनाम हुन्छिन् । तर भने जनताको घरदैलोमा पुग्छिन् । उनी जनताको घरदैलोमा पुगेको समाचार बनेनन् र सामाजिक सञ्जालले पनि प्राथमिकता पाएन ।

पढेका भनिएका केही सांसद हातमा चिट लिएर जान्छन् र त्यही कुरा राख्छन् । झोवा नत चिट लिन्छिन् न भने कसैको दबाब र प्रभावमा परेर बोल्छिन् । नितान्त गाउँका समस्या सरकारसँग ध्यानाकर्षण गराउँछिन् । उनले पछिल्लो समय (...) कर्णाली प्रदेशसभामा २ः२० समय बोकेकी छिन् । सभामुख महोदय, मति हातमा कितान छैन । पद्न सक्दैन । अब नपरेर आयो । केइ भन्न सक्छु कि सक्दैन । किताबमा त सिदान्त (शिक्षा) प्रथमि दिए छ । अब यो सिदान्त प्रथमिमा धेरै नै पछारी परेको । दलित, महिला, पछारि परेको माथिमाथि त्यो दुदराजको कुरा यो किताबमा आइसकेको छ । अब कुरालाई मात्तरी (मात्र) किताब आउने हो की कामलाई पनि किताब गर्ने हो की । 

अब यो ७७ को के...ई (केही) महिला समानुपातिकहरूलाई भो तेले प्रतक्ष माननीयहरुले केही पनि महिलालाई केही दिए छैन मन दुखी राखेको । यो साल के पो गर्ने हो थाहा छैन । यो साल पनि मन दुख्ने होकी अब केही थाहा पा छैन । भन्नु त पिछरियो भनेर माथि मुगु, डोल्पा, हुम्ला, जुम्ला अपांगो अनि एकल महिला सप्पै यो किताब आएको । अब म पढ्न नसके पछि अरुले पढेको सुने छ । किताब मात्तै यो सालको किताब हरिया, सेतो कालो विभिन्न रङको किताब ल्याउने हो की काम पनि यसरी गर्छ । 

यो साल त झन सजिलो छ महामारी रोग आएर । रोगको निहुँमा आफू पेटमा जाने होकी तेइ रोगलाई दिने हो । म थाहा पाए छैन । शंका पनि लाए छ मलाई । रोगको नाममा यति छुट्या थियो यति दिए भनेपछि मले भोलि रोगको निरधान रोगलाई उपचार गर्ने हो की आफ्नो पेटको उपचार गर्ने हो की थाहा पायाँ छैन । यसरी राम्रो किताब नीति ना यो प्रथमिक ल्याएको मन्त्रीलाई म धन्यवाद दिन्छु । अब पछि काम पनि पछि ल्याए पछि झन मुरीमुरी धन्यवाद दिन्छु ।’ उनको यो भाषण सुनिरहेको सांसद हाँसी रहेका थिए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम पढ्न सकेनिन् । अरुले पढेको मात्र सुनिन । त्यही आधारमा कार्यक्रम राम्रो भएको भन्दै धन्यवाद दिइन् । किताबमा आएका कुरा मात्र हुन की किताब आएअनुसार काम पनि हुन्छ जुन शब्दले आमसर्वसाधारणको प्रतिनिधित्व गरेको छ । उनले यी शब्द प्रयोग गर्दा कुनै राजनीतिक घाटा वा नाफा तौलेर बोलेकी छैनिन् । नितान्त जनताको प्रतिनिधिले बोल्ने कुरा बोकेकी छिन् । ‘कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणमा छुट्याएको रकम सदुपयोग हुने हो की दुरुपयोग’ यो प्रश्न जनजनमा लागेको छ । त्यही कुरा जस्ताको त्यस्तै सदनमा राख्दा जनता खुसी भएका छन् ।

माथि उल्लेखित उनका भाषण सबै महŒवपूर्ण छन् । मात्र यति हो अरुले भनेजस्तो ठूल्ठूलो स्वर र सहरीया भाषामा गरेनिन् । उही पुरानो कर्णालीका दुर्गम क्षेत्रमा बोल्ने भाषामा बोलिन । त्यही नै अधिकांशले रुचाइ दिए । प्रायः संसद्मा सुन्ने मात्र झोवा हालसम्म संसद्मा १५÷१६ पटक मात्र बोलेकी छिन् । उनले बोलेका प्रत्येक भाषण यसरी सामाजिक सञ्जालमा यत्रतत्र छरिन्छन् । पहिलोपटक संसद् छिर्दा उन बोल्नै सकेनिन् । पछि–पछि नियमित अभ्यासले अहिले उनीमा धेरै परिवर्तन आएको छ । पूर्वप्रधानमन्त्री भट्राईले भने जस्तै गणतन्त्रको एउटा उपलब्धि झोवा पनि हुन् । 

जो सामान्य परिवारकी महिला सदनसम्म पुगिन् । ‘पुरानो कर्णालीको भाषा बोल्छु,’ सांसद झोवा भन्छिन्, ‘मलाई बनावटी भाषामा बोल्न आउँदैन ।’ ‘संसद्मा बोल्दा छोरा (पेमासिरिङ) ले पढ्छन्,’ उनले भनिन्, ‘अनि सुनेको आधारमा संसद्मा बोल्छु ।’ ‘मलाई झुटको राजनीति गर्नु छैन,’ उनले भनिन्, ‘इमान्दारिताका साथ कर्तव्यनिष्ठ भएर गर्छु ।’ ‘यसरी राजनीति गर्दा चाहे सफल हुँ चाहे असफल,’ उनी भन्छिन्, ‘मैले राजनीतिकरूपमा नाफा घाटाको हिसाब किताब गरेको छैन । मात्र जनताका पक्षमा बोल्छु र काम गर्छु ।’

गाउँले पनि झोवाको परिवर्तन देखेर खुसी भएका छन् । ‘राजनीतिभन्दा जनताका समस्या जस्ताको त्यस्तै भाषणमा बोल्नु हुन्छ,’ मुगुका हेमन्त मल्लले भने, ‘संसद्मा बोल्ने शैली मात्र फरक होला । नत्र अरु सांसदभन्दा उहाँले बोलेका कुरा सत्य र यथार्थ हुन्छन् ।’

राजनीति गर्नुभन्दा झोवा गृहणि हुन् । २०६९ सालदेखि राजनीतिमा संक्रिय छिन् । उनलाई राजनीतिमा सक्रिय गराउने श्रीमान् (मुइतुछेवाङ) हुन् । अहिले झोवा संसद्मा बोल्दा भाइरल हुन्छिन् भने मुइतुछेवाङ घरमै खेती किसानी गर्छन् । झोवा मुगु जिल्लाको नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यसमेत छिन् । 

प्रकाशित: १७ जेष्ठ २०७७ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App