६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अतिक्रमित क्षेत्र समेटिएको नक्सा मन्त्रिपरिषदबाट पारित

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी  सहितको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा स्वीकृत गरेको हो। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको नेपालको अद्यावधिक नक्सा स्वीकृत गरिएको बताए।  

नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको र अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेको उनले बताए। उनले भने, ‘‘लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ। संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन्। अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन्।’’ निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा उद्यावधिक नक्सा नै प्रयोग हुने उनले बताए। यसअघि भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा समेटेको थियो। 

पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो।  

 

प्रकाशित: ५ जेष्ठ २०७७ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App