१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुवासचन्द्र नेम्वाङले भने : सांसद अपहरणको यथार्थ यसै अधिवेशनमा आउँछ

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताएका ह्न । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गरेका हुन । उनले 'सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताए ।

उनले भने, 'सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता  खालका कामहरु हुनु हुदैन । तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ ।'

उनले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गरे । उनले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपुर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्ने सन्र्दभमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहिन बाध्यता र आवश्यकता भएको बताए । उनले कोरोनाले क्षति पुर्‍याएको विविध पक्षको सम्बोधन गर्नका यो अधिवेशनमा आधारहरु तय गर्दै अघि बढ्नुपर्ने आवश्यता रहेकाले त्यस अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास आफुले लिएको बताए । प्रमुख प्रतिपक्षी लगायत सम्पुर्ण प्रतिपक्षी दललाई कोरोना विरुद्धको लडाईमा एकजुट भएकोमा सरकारको तर्फबाट धन्यवाद दिए ।

उनले यो अधिवेशनले बजेटसंगै शान्ति प्रक्रियाका बांकी कामलाई पनि अन्तिम टुंगोमा पुर्‍याउने विश्वास व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग सम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको यसै अधिवेशले टुंगो लगाउने विश्वास आफूले लिएको बताए ।

 

प्रकाशित: २६ वैशाख २०७७ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App