१५ चैत्र २०८० बिहीबार
राजनीति

राजाले घोषणा गरेको नगर निर्वाचन विथोल्न गिरिजाप्रसादले आग्रह गर्नुभएको थियो : डा. भट्टराई

काठमाडौं- समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजाप्रसाद कोइरालाले आग्रह गरेको खुलासा गरे। १२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए। उनले भने 'उहाँ (प्रचण्ड) को बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने छ। उत्तेजना फैलाउने स्वभाव छ। १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ। मलाई याद छ। उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो। पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन। हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुपर्‍यो भनेर चाँही भन्नुभएको हो। लौन कारवाही अगाडि बढाउनुपर्‍यो उहाँले भनेको हो म पनि साँक्षी थिए। एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन। नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुपर्‍यो भन्नुभएको हो।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताए। 'खोईगिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन्। वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’ उनले भने।

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारवाही बढाउन आग्रह गरेको बताएका थिए।

प्रकाशित: २ फाल्गुन २०७६ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App